२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेता कार्यकर्तालाई पौडेलको अपिल : आत्माको पुकार सुनेर निर्णय गर्नुस्

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत नेता पौडेलले महाधिवेशन काँग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गरेका हुन् ।

काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदै छ ।

नेता पौडेलले काँग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनम वडा तहबाटै सबल नेतृत्वको आवश्यकता औँल्याएका छन् । ‘ढिलै भए पनि १८ गतेबाट वडा अधिवेशन सुरु हुँदै छ, नेपालको अहिलेको परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्रलाई साकार पार्न र नेपाली काँग्रेसलाई जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्नेछ,’ ।

आज (बिहीबार) बिहान नेता पौडेलले भिडियो सन्देशमार्फत भनेका छन्, ‘हाम्रो पार्टीलाई सबल नेतृत्व, चिन्तनशील नेतृत्व र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्वको आवश्यकता छ । सर्वत्र देशभर नै आवश्यक छ ।’

उनले काँग्रेस नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई बिर्सेर लोकतन्त्रको संस्थागत र काँग्रेसको सबल नेतृत्व ल्याउन ध्यान दिन अपिल गरेका छन् ।

‘सम्पूर्ण साथीहरुलाई म यो घडीमा अपिल गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरालाई बिर्सेर हाम्रा अगाडि रहेका महान् लक्ष्यलाई ध्यानमा राख्दै हामीले गर्दै आएको कठिन सङ्घर्षलाई मूर्त रुप दिन, लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ, काँग्रेसले कसरी सबल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन र गम्भीर हुन र त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गर्दछु,’ पौडेलले भनेका छन् ।

उनले कोरोना महामारी, वर्षाको अवस्थाको विषम अवस्थामा महाधिवेशन प्रक्रिया सुरु भएकाले स्वास्थ्य सजगता अपनाउन समेत आग्रह गरेका छन् ।