लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन


१७ भाद्र २०७८, बिहिबार


रुपन्देही । आज (बिहीबार) का लागि तय भएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले)को अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको छ ।

आफ्नो पार्टीले कारबाही गरेका विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दा बैठक स्थगित हुँदै आएको थियो ।

यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्म स्थगित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस