भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्न अदालतको आदेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्न अदालतको आदेश


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । भारतको इलाहावाद उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिएको छ । साथै गाईको संरक्षणलाई मौलिक अधिकार भित्र राख्न पनि समेत अदालतले आदेश दिएको छ ।

देशको संस्कृतिमा आघात पुग्यो भने देश कमजोर हुन्छ भन्ने यथार्थलाई मनन गर्दै गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्नुपर्ने उच्च अदालतको आदेशमा भनिएको छ ।

गौहत्याको आरोप लागेका जावेद नामका व्यक्तिको मुद्दाको सुनुवाइका क्रममा इलाहावाद उच्च अदालतले हिजो (बुधबार) यस्तो आदेश दिएको हो ।

साथै सो अदालतले गौहत्याको आरोप लागेका ती व्यक्तिलाई जमानतमा रिहा गर्न पनि अस्वीकार गरेको छ । सो अदालते गाई खान पाउनुपर्छ भन्ने विषय कसैगरी पनि मौलिक अधिकार हुन नसक्ने ठहर गर्दै मार्ने भन्दा बचाउने अधिकारको संरक्षण हुनुपर्छ भनेको छ ।

हिन्दूले मात्रै नभई मुस्लिमहरुको शासनकालमा समेत भारतमा गाईको महत्त्व स्वीकार गरिएको भन्दै आदेशमा गौहत्यालाई कुनै पनि बहानमा जायज मान्न सकिँदैन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस