२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीका शर्मा विश्व ‘ब्लाइन्ड आइडल’

अ+ अ-

बेनी । म्याग्दीका खोमराज शर्मा ‘वर्ल्ड ब्लाइन्ड आइडल’ घोषित भएका छन् । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आएका दृष्टिविहीन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्यान्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकालाई पछि पार्दै विश्व दृष्टिविहीन आइडलको उपाधि हात पार्न सफल भएका हुन् ।

विश्वका दृष्टिविहीनबीच हुने यो प्रतिस्पर्धामा नेपालबाट नेपाल नेत्रहीन सङ्घका उपाध्यक्षसमेत रहेका शर्माले आवेदनमार्फत मनोनयनको छनोटमा परेका थिए । इमेलबाट अनलाइन भोटका आधारमा सर्वाधिक भोट पाएर आफू आइडल घोषित भएको बुधबार आयोजक संस्थाको तर्फबाट फोनमार्फत जानकारी प्राप्त भएको शर्माले बताए ।

सेप्टेम्बर १० तारिखका दिन पोल्यान्डमा विशेष समारोह आयोजना हुने र उक्त अवसरमा आइडलको उपाधिसहितको पुरस्कार प्रदान गरिने जनाइएको छ । कोरोना महामारीको कारण शर्मालाई अनलाइनमार्फत आइडलको पुरस्कार प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्यान्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्ड लगायत देशका २६ जना नोमिनेशनमा छनोट भएर प्रतिस्पर्धा गरेका थिए । आइडलका प्रतिस्पर्धीमा अनलाइनमा इमेलमार्फत भएको भोटमा शर्माले आठ हजार २७१ भोट प्राप्त गरेका थिए ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल गण्डकी प्रदेशको अध्यक्षसमेत रहेका शर्माले आफूलाई विजयी गराउन इमेलमार्फत भोट गर्ने सबैलाई आभार प्रकट गर्दै उपाधिले दृष्टिविहीनका क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा र हौसला प्रदान गरेको बताए।

आफू दृष्टिविहीन भए पनि २०५६ सालदेखि नेपाल नेत्रहीन सङ्घका बागलुङ, इलाम र कास्की शाखा र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर नेपाली दृष्टिविहीन व्यक्तिको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तीकरणका लागि शर्माले काम गर्दै आएका छन् ।

शर्माले कास्की नेत्रहीन सङ्घमार्फत पोखरामा नेपालकै पहिलो अडियो पुस्तकालय स्थापना, पोखरामा दृष्टिविहीनका लागि सूचना प्रविधि तालिम, नेत्रहीन सङ्घद्वारा अगाडि बढाइएका विभिन्न अभियानमा नेतृत्वदायी भूमिकामा क्रियाशील हुँदै आएका छन्। शर्मा हाल अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको अध्यक्ष र नेपाल नेत्रहीन सङ्घको उपाध्यक्षसमेत छन्।