युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा अधिकारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा अधिकारी


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारी नियुक्त गरेको छ ।

बुधवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका अधिकारीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अढाई दशक भन्दा बढी विभिन्न बैङ्कमा काम गरेका अधिकारीले तत्कालीन सिटी विकास बैङ्कका साथै ओम फाइनान्स मिलेर बनेको ओम डेभलपमेन्ट बैङ्कमा गरी १५ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् ।

प्राध्यापकसमेत रहेका उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रिय बहुमुखी क्याम्पसमा इन्टरपेनरसिप र बैङ्किङ विषयमा अध्यापन गराउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस