सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । सरकारले गत आर्थिक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को आज बसेको बैठकले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने निर्णयलाई अघि बढाउने निर्णय गरेको हो ।

सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा सामान्य संशोधन गर्दै प्रतिस्थापन विधेयकको तयारी गर्दै गर्दा सामाजिक सुरक्षा भत्ता भने नचलाइने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस