धितो पत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न जाँचबुझ आयोग गठन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धितो पत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न जाँचबुझ आयोग गठन


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानामाथि छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधवार (आज) बसेको बैठकले अध्यक्ष ढुङ्गानामाथि छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको हो ।

‘धितो पत्र बोर्डका अध्यक्षका विषमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य प्राध्यापक नारायणप्रसाद पौडेल, कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहेको जाँचबुझ आयोग गठन भएको छ ।’ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस