५ वर्षका लागि निजामती दिवसको नारा तय, व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५ वर्षका लागि निजामती दिवसको नारा तय, व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । हरेक वर्ष भदौ २२ गते मनाइँदै आएको निजामती दिवसको नारा तय भएको छ । यस वर्षदेखि ५ वर्षका लागि नारा तय गरिएसँगै अव हरेक वर्ष नारा छानिरहनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

मुख्य सचिव शंकरदार वैरागीको अध्यक्षतामा सोमबार बसेको बैठकले २०७८ देखि २०८२ सम्मको लागि नारा तय गरेको हो ।

सरकारले यस वर्ष कोरोना भाइरस(कोभिड–१९)का कारणले कार्यालयमा नै दिवस मनाउन निर्देशन दिएको छ । कार्यालयमा दिवस मनाउँदा पनि भौतिक दूरी र स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग गर्नुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस