पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु


१६ भाद्र २०७८, बुधबार


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ नमुनमको पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० रहेको छ ।

यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ७१९ जनामा संक्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस