मन्त्री कार्की र केपी ओलीबीच भेटवार्ता « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

मन्त्री कार्की र केपी ओलीबीच भेटवार्ता


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ। सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको छ । कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी ओलीसँग भेटेर संसद् अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्मका विषयमा कुराकानी गरेका छन् ।

दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो । मन्त्री कार्कीले ओलीकै निवासमा पुगेर छलफल गरेका हुन् ।

त्यसअघि कार्कीले हिजो (मंगलबार) दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि भेटवार्ता गरेका थिए । अमेरिकी सहयोग एमसिसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन ।

त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयक मार्फत सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ । सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस