क्रियाशील सदस्यता छानबिन समितिसँगको छलफलमा पौडेल समूह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

क्रियाशील सदस्यता छानबिन समितिसँगको छलफलमा पौडेल समूह


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बोहोराटारमा जारी छ ।

नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसेको हो ।

क्रियाशील छानबिन समितिसँग छलफल गरेर बाँकी विवादित जिल्लाको क्रियाशील टुङ्ग्याउने विषयमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

हिजो (मंगलबार) को बैठकमा क्रियाशील सदस्यताको धाँधलीविरुद्ध एकजुट हुने निर्णय गरेका उनीहरूले सरकारको प्रभावकारिताका विषयमा पनि प्रश्न उठाएका थिए । उनीहरूले आफूले पाउने मन्त्रालयमा मात्र नियुक्त गरेर भए पनि सरकारको प्रभावकारिता स्थापित गर्न प्रधानमन्त्री देउवालाई सुझाव पनि दिएका छन् ।

साथै पौडेल समूहले आफ्नो समूहमा सभापतिको आंकाक्षी उम्मेदवारबाट एक उम्मेदवार बनाउने विषयमा पनि छलफल गर्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस