आगलागी हुँदा आठ लाख बढीको क्षति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आगलागी हुँदा आठ लाख बढीको क्षति


१६ भाद्र २०७८, बुधबार


आगलागी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झन्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ ।

अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्त्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिए । ‘टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ’, उनले भने, ‘घर पुरै जलेर क्षति भएको छ ।’

नगरपालिकाको दमकल आगो निभेपछि मात्रै आइपुगेको स्थानीयवासीले गुनासो गरे । घर पुरै जलेपछि पीडित परिवारसँग शरीरमा लगाएको एकसरो लुगा मात्रै बचेको छ भने उनीहरू अहिले आफन्तको शरणमा बसेका छन् । आगलागी पीडित रामप्रसादले सबैसँग सहयोग गर्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस