प्रदेश-१ का १० सांसद एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)मा जाने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश-१ का १० सांसद एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)मा जाने


१६ भाद्र २०७८, बुधबार


विराटनगर । प्रदेश-१ का १० जना सांसद नेकपा एमाले छोडेर नवगठित नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन्।

उनीहरूले आज (बुधबार) दिउँसो विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा गएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न लागेको जानकारी दिएका छन्।

‘हामी दिउँसो बाह्र १२ बजेतिर निर्वाचन आयोग जाँदैछौँ । आज १० जनाले सनाखत गर्दैछौँ । २२ गतेसम्म अरू तीनदेखि पाँच जनासम्म साथीहरू थपिनुहुन्छ,’ प्रदेश सभा सदस्य सावित्री रेग्मीले भनिन्,‘आज सनाखत गर्न लागेका साथीहरू हामी सबै सँगै छौँ।’

रेग्मीका अनुसार आज राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, उपेन्द्रप्रसाद घिमिरे र सुनिताकुमारी चौधरीले सनाखत गर्दै छन्।

यी १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नेछन्। ९३ सदस्यीय प्रदेश सभा अहिले ९२ जना सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस