खनाललाई भेटेर अध्यक्ष प्रचण्डले गरे स्वास्थ्य लाभको कामना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खनाललाई भेटेर अध्यक्ष प्रचण्डले गरे स्वास्थ्य लाभको कामना


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादी का वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

अध्यक्ष प्रचण्डले आज (बुधबार) बिहान डल्लुस्थित खनाल निवासमा पुगेर स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

भेटमा प्रचण्डले खनालको पूर्ण स्वास्थ्य लाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका छन् ।

खनालले हालै भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए । उनी यही भदौ १४ गते स्वदेश फर्किएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस