बागमती प्रदेशका मन्त्री खनालले दिए राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेशका मन्त्री खनालले दिए राजीनामा


१६ भाद्र २०७८, बुधबार


मकवानपुर । बागमती प्रदेशका सामाजिक विकास मन्त्री  कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्।

एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका खनालले आज (बुधबार) पदबाट राजीनामा दिएका हुन्।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल मन्त्री नियुक्त भएका थिए। हिजो (मंगलबार) उनले औपचारिक रुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडामा उपस्थित भएर नवगठित समाजवादी पार्टी रोज्दै सनाखत गरेका थिए।

आफूले अर्कै दल रोजेकाले सरकारलाई काम गर्न सजिलो होस् भनेर आफूले राजीनामा दिएको उनले बताएका छन् ।

बागमती प्रदेशमा एमालेका १२ जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन्। एमालेका ५६ मध्ये १२ सांसदले अर्कै दल रोजेपछि एमालेको प्रदेश सरकार अल्पमतमा परेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस