एमबिबिएस अध्ययनरत प्रवीन दुई सातादेखि बेपत्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमबिबिएस अध्ययनरत प्रवीन दुई सातादेखि बेपत्ता


१५ भाद्र २०७८, मंगलबार


चितवन । चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि बेपत्ता भएका छन् ।

भदौ २ गते बुधवार अपराह्न ४ बजेतिर साथीहरुसंँग चिया खाएर आउँछु भनेर डेराबाट हिंंडेका सुर्खेत घर भएका बस्नेत हालसम्म पनि सम्पर्कमा नआएको बस्नेतका भिनाजु टेकराज थापाले बताए ।

हराएको खबर पाएको भोलिपल्ट नै जिल्ला प्रहरी कार्यालयमा बेपत्ता भएको जानकारीसहित खोजीका लागि दाइ प्रभात बस्नेतले निवेदन दिएका थिए ।

उनी चढ्ने मोटरसाइकल भने देवघाट पुल नजिकै पार्किङमा भेटिएको छ ।

उनका दाइ प्रभातले हराएका आफ्ना भाइको खोजी कार्यका लागि सबैसँग अनुरोध गरेका छन् । उनले गहुँगोरो वर्णको ६ फिट अग्ला पावरवाला चस्मा र सेतो टिसर्ट र जिन्स पेन्ट लगाएका बस्नेतलाई देखेमा ९८५८०५३७७३ र ९८५८०५१६७७ मा सम्पर्क गरी या नजिकैको प्रहरी कार्यालय खबर गरिदिन हुन अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस