सुदूरपश्चिम प्रदेशसभा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुदूरपश्चिम प्रदेशसभा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी


१५ भाद्र २०७८, मंगलबार


धनगढी । नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।

तर सूदुरपश्चिममा मंगलबार १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी छन् ।

निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।

Tags :
प्रतिक्रिया दिनुहोस