मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनको सहमति जुटेन, फेरि अर्को बैठक बस्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनको सहमति जुटेन, फेरि अर्को बैठक बस्ने


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

आज (मंगलबार) बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउने बारे छलफल भए पनि निर्णय नभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच फेरि छलफल हुने बताइएको छ । तर अर्को बैठकको समय भने तोकिसकिएको छैन ।

गठबन्धनमा रहेका दलहरुबीच शुक्रबार यता दिनहुँ जसो छलफल भइरहे पनि मन्त्रालय भागबन्डामा कुरा मिलेको छैन ।

गएको असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले डेढ महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस