सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार तय गर्न नेता पौडेलले डाके बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभापतिमा आफ्नो पक्षको साझा उम्मेदवार तय गर्न नेता पौडेलले डाके बैठक


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षबाट एकल उम्मेदवार तय गर्नका लागि बैठक बोलाएका छन्।

बैठक दिउँसो १ बजे पौडेल निवासमा बस्ने बताइएको छ।

बैठकमा महामन्त्री डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल लगायत सहभागी हुने बताइएको छ।

काँग्रेसको १४ औँ महाधिवेशनका लागि सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन्। यता महा मन्त्रीमा गगन थापाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

पौडेल समूहले वडा अधिवेशन अघि नै साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। यसका लागि नेताहरुले ट्रेड युनियनदेखि तरुण दलका पूर्व नेताहरुलाई पनि खटाएका छन्।

आजबाट बैठक जारी राखिने र छलफलपछि साझा उम्मेदवार तय गर्ने तयारी पौडेल पक्षको रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस