इजरायल जाने कामदारको लिखित परीक्षा भाद्र २८ गते हुने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

इजरायल जाने कामदारको लिखित परीक्षा भाद्र २८ गते हुने


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । सरकारले इजरायल जान दरखास्त दिएका कामदारको लिखित परीक्षा यही भाद्र २८ गते गर्ने भएको छ।

वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भाद्र २८ गते दिउँसो १ बजे काठमाडौँ उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुने छ।

अङ्ग्रेजी भाषाको लिखित परीक्षा हुने विभागले जनाएको छ। विभागले सूचना निकालेर परीक्षा केन्द्र र प्रवेश पत्र अनलाइनबाटै लिइन सक्ने जनाएको छ।

वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त मागेको थियो। त्यसमा १० हजार आवेदन परेको छ।

इजरायल रोजगारीका लागि विभागले अनुमति लागत १ लाख ६५ हजार तय गरेको छ। इजरायलका लागि जहाज टिकट १ लाख ४० हजार लाग्ने विभागले अनुमान गरेको छ । तर, यो रकम सबैभन्दा उच्च रकम हो । त्यसैले कामदारले योभन्दा पनि कम रकममा जहाजको टिकट पाउन सक्नेछन् ।

त्यस्तै, पासपोर्ट बनाउने खर्च ५ हजार, अभिमुखी तालिम र मेडिकलका लागि अनुमानित १० हजार रुपैयाँ गणना गरिएको छ । साथै, कल्याणकारी कोषका लागि दुई वर्षको भिसा हो भने १ हजार ५ सय र तीन वर्षका लागि हो भने २ हजार ५ सय लाग्ने अनुमान गरिएको छ।

इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । विभागका अनुसार नेपाली कामदारले १६ सय डलर पाउनेछन् । तर, कामदारले बिमाको रकम, पानी र बिजुलीको खर्च व्यहोर्नु पर्नेछ । रोजगारीमा जाने कामदार सङ्गठित संस्थामा काम गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस