सत्ता गठबन्धनको बैठक आज पनि बस्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


१५ भाद्र २०७८, मंगलबार


काठमाडौँ । मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज (मंगलबार) पनि बस्दै छ। केही दिनयता लगातार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन्।

मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको छ।

गठबन्धनमा आबद्ध दलहरूबीच आज मन्त्रालयको भागबन्डा टुङ्ग्याउने र भोलि सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको छ।

एकीकृत समाजवादी दल दर्ता भएपछि पहिलो पटक सोमबार गठबन्धनको औपचारिक बैठक बसे पनि केही दिनदेखि अनौपचारिक छलफलहरू जारी थिए।

अहिले गठबन्धनमा आबद्ध दलहरूबीच महत्त्वपूर्ण मन्त्रालयको बाँडफाँट, मन्त्रालयको सङ्ख्यालगायतका विषयमा कुरा मिलिसकेको छैन। गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस