मधेसी भूराजनीतिमाथि बनेको फिल्म ‘एक’ को ट्रेलर रिलिज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मधेसी भूराजनीतिमाथि बनेको फिल्म ‘एक’ को ट्रेलर रिलिज


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ। फिल्म ‘एक’को अफिसियल ट्रेलर रिलिज भएको छ । असोज २१ मा रिलिज हुने फिल्मले मधेसमा भूराजनीति कथा समेटिएको छ ।

मनोज पण्डित निर्देशित फिल्ममा नेपाल-भारत सीमावर्ती भूगोल समेटिएको छ । नेपाललाई विदेशी षड्यन्त्रबाट जोगाउन विशेष गुप्तचर निकाय जतिसक्दो चाँडो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो फिल्मले सीआइएस नामक एउटा जासुसी निकायको परिकल्पना गरेको छ ।

देश जोगाउन एउटा इमानदार एजेन्टको सङ्घर्ष द्वन्द्व रहेको यस फिल्मको मुख्य भूमिकामा विशाल पोखरेल रहेका छन् । उनले इमानदार एजेन्टको भूमिका निर्वाह गरेका छन् । जसमा ज्योत्सना योगीले उनको सहयोगी एजेन्टको चरित्र चित्रण गरेकी छिन् ।

फिल्ममा स्वतन्त्र मधेसको नारा बोक्ने पात्रको भूमिका अभिनेता प्रमोद अग्रहरीले निर्वाह गरेका छन् । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको फिल्मको निर्माता आत्मा गुरागाईँ र सोफिया थापा छन् । फिल्मको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन भरत रेग्मी, सङ्गीत गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको रहेको छ ।

फिल्ममा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरुन अलि, रमेश महर्जन, रिसिका घिमिरे तथा बाल कलाकार विश्वन्त पोखरेलले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस