दुई दर्जन बढी सहसचिवको सरुवा सूची तयार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुई दर्जन बढी सहसचिवको सरुवा सूची तयार


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ । सरकारले सहसचिव सरुवाको तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार दुई दर्जन बढी सहसचिवहरूको सूची तयार भएको हो । प्रदेशमा एक वर्ष अवधि पुगेका सहसचिवहरूलाई सङ्घमा आउँदै गर्दा सङ्घका सिनियर सहसचिवहरूलाई प्रदेश पठाइँदै छ ।

प्रदेश र सङ्घका सहसचिवहरू फेरबदल गर्दै गर्दा सङ्घमै पनि केही सहसचिवहरू अदलबदल हुन सक्ने ती स्रोतको भनाई छ ।

‘मन्त्रिमण्डल गठन भए लगत्तै केही सचिव र ठुलो सङ्ख्यामा सहसचिवहरूको सरुवा गर्ने तयारी छ’ उनले भने, ‘त्यसका लागि अहिले को कहाँ भनेर मिलाउने काम भइरहेको छ ।’

त्यसो त हरेक पटक सरकार परिवर्तनसँगै ठुलो सङ्ख्यामा कर्मचारीको सरुवा गरिँदै आएको छ । अघोषित परम्परा जस्तै बनेको सरकार परिवर्तनपिच्छेकै सरुवाले कर्मचारीतन्त्रलाई अस्थित त बनाएको छ नै, स्वयं कर्मचारीको मनोबलसमेत खस्किनुका साथै सेवा प्रवाहमासमेत असर पर्दै आएको छ ।

त्यति मात्रै होइन, सरुवा छिटो छिटो सरुवा हुँदा इन्स्टिच्यूसनल मेमोरी त रहने कुरै भएन, उत्तिकै खर्चसमेत बढोत्तरी हुने गरेकोतर्फ कसैको ध्यान जान सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस