मिश्रले बोलाए केन्द्रीय कमिटी बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मिश्रले बोलाए केन्द्रीय कमिटी बैठक


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको बताइएको छ ।

तर अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक पाण्डेले आपत्ति जनाएका छन् ।

पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो । अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस