पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पार्टी कार्यालय पेसिडाँडामा बसेको हो ।

आज सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

प्रेस संयोजक सापकोटाका अनुसार बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रीत छ । यसअघि गत साता बसेको नेकपा माओवादी केन्द्रको बैठकले सातै प्रदेशका इन्चार्ज र सह इन्चार्ज र जिल्ला समन्वय समितिको प्रमुख तोकेको थियो । तर कतिपय प्रदेशका पदाधिकारीहरुले पूर्णता पाएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस