राजविराजमा अक्सिजन प्लान्ट स्थापनाको तयारी « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

राजविराजमा अक्सिजन प्लान्ट स्थापनाको तयारी


१४ भाद्र २०७८, सोमबार


राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न तयारी थालिएको छ । अस्पतालमा तीन करोड ७३ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट ल्याइएको र चाँडै नै जडान गरिने मेडिकल सुपरिटेन्डेन्ट डा। रञ्जीत झाले जानकारी दिए ।

साथै लिक्विड सिलिण्डर र टुयुबसमेत ल्याएइको, अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालमा ‘सेट’ तयार भइसकेको उनले बताए । सो प्लान्टबाट दैनिक २८० सिलिण्डर भर्न सकिने क्षमता रहेको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भएमा सप्तरीसहित छिमेकी उदयपुर, सिरहा र सुनसरीमा रहेका अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिने डा। झाले बताए । हाल अस्पतालमा सातवटा भेन्टिलेटरसहित १५ बेडको सघन उपचार कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस