नवनियुक्त सचिवहरुलाई सकारात्मक परिणाम निकाल्न अर्थमन्त्री शर्माको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवनियुक्त सचिवहरुलाई सकारात्मक परिणाम निकाल्न अर्थमन्त्री शर्माको निर्देशन


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ । अर्थ मन्त्रालयमा सरुवा भई आएका सचिवहरुलाई अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रक सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् ।

अब अर्थ मन्त्रालयमा उच्च पदस्थ अधिकारीको टीमले पूर्णता पाएको छ । मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीन जना सचिवको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्य प्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिएका छन् ।

वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समूचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवबाट आ–आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास उनले व्यक्त गरे । मन्त्री शर्माले राजश्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायत विषयमा ठोस योजना ल्याउन समेत निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस