नेकपा एमालेको १० बुँदे कार्यान्वयनमा सहजीकरण गर्न तोकिए नेताहरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा एमालेको १० बुँदे कार्यान्वयनमा सहजीकरण गर्न तोकिए नेताहरु


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ। नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु तोकेको छ ।

एमालेले प्रदेश, जिल्ला र मातहतका कमिटीका साथै जनसङ्गठनहरूमा १० बुँदे कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको हो ।

अन्तर पार्टी निर्देशन (अपानी) अनुसार प्रदेश १ मा भीम आचार्य, सुवास नेम्वाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङबुहाङ तथा प्रदेश २ मा सत्य नारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वाला कुमारी साहलाई खटाइएको छ ।

यसै गरी बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेल, गण्डकीमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा र लीलबहादुर थापा तथा लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरीलाई खटाइएको छ ।

यस्तै कर्णालीमा युवराज ज्ञवाली, यमलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मी, सुदूरपश्चिम प्रदेशमा भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापा तथा जनसङ्गठनमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई खटाइएको छ ।

हेर्नुहोस् नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)

Tags :
प्रतिक्रिया दिनुहोस