चिकित्सा शिक्षा स्नातक तहको ‘म्याचिङ’ भोलिदेखि सुरु गरिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चिकित्सा शिक्षा स्नातक तहको ‘म्याचिङ’ भोलिदेखि सुरु गरिने


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहमा अध्ययनका लागि एकीकृत प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई भोलि (मंगलबार) देखि म्याचिङ सुरु गर्ने भएको छ ।

प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई भर्नामा प्राथमिकताका साथ शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्न आयोगले म्याचिङ प्रणाली सुरु गर्न लागेको हो ।

चिकित्सा आयोगले म्याचिङ प्रणाली भदौ १५ देखि सुरु गरी आगामी २० भदौसम्म जारी रहने बताएको छ । म्याचिङका लागि स्वदेशी तथा विदेशी विद्यार्थीका लागि विभिन्न मापदण्ड अघि सारिएको छ ।

यता नर्सिङ तथा प्यारामेडिक्स अध्ययन गराउने निजी कलेजहरुले कोटाभन्दा कम सङ्ख्यामा विद्यार्थी उत्तीर्ण गराएको भन्दै आयोगलाई ताला चाबी लगेर बुझाएको छ । उसले यथास्थितिमा विद्यार्थी भर्ना लिन नसक्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस