स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर


१४ भाद्र २०७८, सोमबार


काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।

स्वास्थ्य मन्त्री स्तरीय निर्णय गर्दै परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ । डा. झलक शर्मालाई व्यवस्थापन महाशाखा पठाइएको मन्त्रालयले जानकारी गराएको छ।

यस्तै सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा सरुवा गरिएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा पोख्रेललाई सार्क क्षयरोग केन्द्र सारिएको छ ।

त्यसै गरी क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ भने भट्टचनको ठाउँमा डा. प्रकाश शाहलाई ल्याइएको छ ।

भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेललाई नियुक्त गरिएको छ । अस्पतालका मेसु डा. रोशन न्यौपानेलाई भने गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस