प्रदेश प्रमुख गुरुङद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश प्रमुख गुरुङद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना


१४ भाद्र २०७८, सोमबार


गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

प्रदेश प्रमुख गुरुङले आज शुभकामना सन्देश व्यक्त गर्दै ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्मोत्सवका दिन मनाइने यो पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामनासहित शुभकामना व्यक्त गरेका हुन्।

बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक विविधतायुक्त समाजलाई एकताको सुत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरेका छन्।

मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्न सकिने शुभकामना सन्देशमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस