पोखरा । रोल्पा–पोखरा सम्पर्क समाज कास्कीले छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा मेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा र पूर्णबहादुर पुनमगर चुनिएका छन् ।
समाजका निवर्तमान अध्यक्ष प्रसाद बुढामगरले १० कार्यकालपछि नयाँ कार्य समितिलाई पद हस्तान्तरण गरेका हुन् ।







