२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको चुनावी चहलपहल

अ+ अ-

पर्वत । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा काँग्रेस कार्यकर्ताको भेटघाट र छलफल बाक्लिन थालेको छ ।

वडासमितिका बैठक शनिबारदेखि नै सुरु भएका छन् । पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का थियो । शनिबार पार्टीले भदौ १८ मा वडाको अधिवेशन गर्ने सुनिश्चित गरेपछि जिल्लामा चुनावी रौनक एक्कासि तातेको हो ।

वडाको अधिवेशन आउन अब पाँच दिन बाँकी रहेको हुनाले हतारहतारमा भेला र छलफल हुन थालेका हुन् । कुश्मा नगरपालिका–७ ले शनिबार आमभेला डाकेर भदौ १४ गते पुनः छलफल गरी आगामी नेतृत्वको बारेमा ठोस निर्णय गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति सागर गिरीले वडासमितिको बैठक डाकेर महाधिवेशनको तयारी सुरु भएको बताए । कुश्मा–५ ले पनि शनिबारनै आगामी महाधिवेशनका बारेमा क्रियाशील सदस्यबीच छलफल गरेको छ । फलेवास–३ शङ्करपोखरीमा पनि चुनावी छलफलका लागि यही भदौ १५ गते आमभेला डाकिएको वडा सभापति अर्जुनबहादुर कार्कीले जानकारी दिए ।

जलजला गाउँपालिका–८ नाग्लीवाङमा शनिबारदेखि नै तयारी सुरु भएको सभापति रामप्रसाद क्षेत्रीले जानकारी दिए । कुश्मा, जलजला र फलेवासमा मात्र नभई जिल्लाका सात स्थानीय तहका ६१ वटै वडामा कांग्रेसको महाधिवेशनको तयारी सुरु भएको हो ।

सहमति हुने ठाउँमा सहमति र सहमति नभएको खण्डमा निर्वाचन गरेर नेतृत्व चयन गरिने जिल्ला सभापति खिमप्रसाद भुसालले जानकारी दिए । वडागत रूपमा छानिने पदाधिकारी र जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्ने बारेमा गाउँमा छलफल सुरु भएका छन् ।

नेपाली कांग्रेसको महाधिवेशनका लागि केन्द्रले जिल्ला निर्वाचन अधिकारी तोकिसकेको छ । निर्वाचनका लागि आवश्यक कागजात तथा सामग्रीहरू केन्द्रले जिल्लामा पठाउन सुरु गरेको छ । कांग्रेसको अबको नेतृत्व कस्तो बनाउने भन्नेबारेमा गाउँदेखि जिल्ला सदरमुकाममा आजदेखि चर्चा परिचर्चा बढ्न सुरु भएको छ ।

जिल्लाका ६१ वटा वडा, दुई निर्वाचन क्षेत्रका क्षेत्रीय कार्यसमिति, सातै स्थानीय तहका नगर तथा गाउँ कार्यसमिति र जिल्ला कार्यसमिति चयनका लागि क्रियाशील सक्रिय बनेका छन् ।