अफगानिस्तानबाट उद्धार भएका आठ जना पुगे काठमाडौँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानबाट उद्धार भएका आठ जना पुगे काठमाडौँ


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले शनिबार त्यहाँबाट उद्धार गरिएका आठ जना दोहाबाट आज यहाँ आइपुगेका बताएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट हालसम्म ७७८ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि उक्त मन्त्रालयले आज अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस