सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुग्यो: नेपाल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुग्यो: नेपाल


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् ।

नयाँ दल दर्ता भएपछि आइतबार (आज) बसेको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताएका हुन् ।

उनले भने, ‘प्रतिनिधि सभामा कांग्रेसका ६३, माओवादीका ४९ र हाम्रो २३ छ, यो बहुमत हो । राष्ट्रियसभामा माओवादीको १३, काँग्रेसको ७, हाम्रो ७ जना छन् । एक स्वतन्त्र र एक मनोनित छन् । ५९ मा अध्यक्षले हस्ताक्षर गर्न नपाउने भएकाले गठबन्धनको स्पष्ट बहुमत छ ।’

नेपालले प्रदेशहरुमा पनि पाँच दलीय गठबन्धनको बहुमत भएकाले कानूनहरु बनाउन र काम गर्न सहज हुने बताए । उनले प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित बढीभन्दा बढी प्रतिनिधिहरुलाई नयाँ दलमा आबद्ध गराउन पनि निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस