दुई मन्त्रीको जिम्मेवारी हेरफेर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुई मन्त्रीको जिम्मेवारी हेरफेर


१३ भाद्र २०७८, आइतबार


लोक सेवा

जनकपुर । प्रदेश नं. २ को मन्त्रीमण्डल हेरफेर भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हुन् ।

राउतले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादव र अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका हुन् ।

तीन दलको सरकार रहेको प्रदेश नं. २ मा जसपाबाट मुख्यमन्त्री लालबाबु राउत, अर्थ मन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग, पर्यटन तथा वन मन्त्रीमा राम नरेश राय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव रहेका छन् ।

यसैगरी नेपाली काङ्ग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा राम सरोज यादव, महिला बालबालिका तथा खेलकुद मन्त्रीमा वीरेन्द्र सिंह र खानेपानी तथा ऊर्जा मन्त्रीको रूपमा ओम प्रकाश शर्मा रहेका छन् भने माओवादी केन्द्रबाट भरत प्रसाद साह आन्तरिक मामिला तथा सञ्चार मन्त्री रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस