साढे २ महिनापछि स्वदेश फर्किँदै झलनाथ खनाल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

साढे २ महिनापछि स्वदेश फर्किँदै झलनाथ खनाल


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरेर वरिष्ठ नेता झलनाथ खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किँदै छन्।

गत असार २ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौँ आइपुग्ने छन्।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी भोलि दिउँसो स्वदेश फर्किन लागेका हुन्। खनालको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो।

खनालले जाने दिन विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि आह्वान गरे पनि नयाँ दिल्लीबाटै उनले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा राजदूतावास मार्फत सनाखत गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस