नेपाललाई योगेश भट्टराईको जवाफ : आफैसँग भएकालाई अध्यक्ष बनाए हुन्छ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाललाई योगेश भट्टराईको जवाफ : आफैसँग भएकालाई अध्यक्ष बनाए हुन्छ


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैसँग रहेका नेताहरुलाई अध्यक्ष बनाएर उदाहरण देखाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिएका छन्।

शनिबार एसका अध्यक्ष नेपालले केपी ओलीलाई छोडेर दोस्रो पुस्ताका नेताहरु आफ्नो पार्टीमा आए अध्यक्ष बनाउन तयार रहेको बताएका थिए।

अध्यक्ष नेपालको उक्त प्रस्ताव स्वागतयोग्य रहेको बताउँदै एमाले सचिव भट्टराईले आफैसँग रहेका नेताहरुलाई उक्त अवसर दिएर उदाहरण देखाइदिए झनै राम्रो हुने बताएका हुन्।

‘राम्रो कुरा हो, स्वागत गर्दछु। आफैसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो’, माधव नेपालको नाम नलिएरै भट्टराईले ट्विट गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस