आफ्नै देशमा मेहेनत गरे सफलता मिल्छ : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

आफ्नै देशमा मेहेनत गरे सफलता मिल्छ : मुख्यमन्त्री भट्ट


१२ भाद्र २०७८, शनिबार


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा आएर परिश्रम र मेहेनत गर्न आग्रह गरेका छन् । धनगढीमा आज भर्चुअलमार्फत गरिएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘विदेशमा गर्ने मेहेनत आफ्नै ठाउँमा गर्न सकिएमा सफलता मिल्नेछ ।’

जघन्य अपराधको घटनाबाट पीडित भएका परिवारमा पुर्‍याइएको आर्थिक सहयोगको सरहाना गर्दै मुख्यमन्त्रीले सीप सिकेकालाई स्वरोजगारका अवसर सिर्जना गराउने व्यवस्था सरकारले गरिरहेको बताए । उनले गत वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडी जिल्लाकी भागिरथी भट्टका परिवारलाई विदेशमा रहेका नेपालीको सङ्गठनद्वारा सङ्कलित रु दुई लाख ७० हजार ८४० हस्तान्तरण गरे ।

विकासमा सिर्जनशीलता नेपाल नामको संस्थाको पहलमा विदेशमा रहेका नेपालीको सङ्गठन नेपलिज एशोसिएशन आफ भिक्टोरिया (न्याभ) र मल्टी डाइनमिक रियल स्टेट मेलवर्न (अष्ट्रेलिया)ले उक्त रकम सङ्कलन गरी पठाएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस