सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु


१२ भाद्र २०७८, शनिबार


इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा आज ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ का महेन्द्र उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उत्तरतर्फ जाँदै गरेको को२त ३९७८ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को१४प २००८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उराँव गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उराँवको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । ठक्कर दिने ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस