जानकी मन्दिर परिसरबाट हटाइयो होर्डिङ बोर्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जानकी मन्दिर परिसरबाट हटाइयो होर्डिङ बोर्ड


१२ भाद्र २०७८, शनिबार


जनकपुरधाम । जनकपुरको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिर परिसरबाट होर्डिङ बोर्डहरु हटाइएको छ ।

शनिबार (आज) युवा अभियन्ताहरुले वर्षौँ देखी मन्दिर परिसरमा लगाइएको व्यवसायीक तथा राजनीतिक होर्डिङ बोर्डहरु हटाएका हुन्।

युवा अभियन्ता सरोज मिश्रले धार्मिक क्षेत्रको कुनै ख्याल नगरी आफ्नो तस्बिर लगायतका सामग्रीहरु, होर्डिङ बोर्ड मन्दिर परिसरमा लगाउनाले मन्दिर क्षेत्र कुरुप बनाएको भन्दै हटाउने अभियान चलाएको बताए ।

जानकी मन्दिर परिसरमा मुख्यमन्त्री स्वच्छता अभियानको प्रचार प्रसारको लागि बनाइएको होर्डिङ बोर्ड, विभिन्न व्यवसायिक होर्डिङ बोर्डहरु पनि लगाइएको थियो।

मिश्रले आगामी दिनमा जानकी मन्दिर लगायतको कुनै पनि धार्मिक सांस्कृतिक क्षेत्रमा विषय बाहेकको अन्य प्रचार प्रसार सामग्री, होर्डिङ बोर्ड, पर्चा पम्पलेट नलगाउन पनि आग्रह गरे । यस्तो गरेमा कानूनी कारबाही प्रक्रियामा जाने चेतावनी पनि दिए।

Tags :
प्रतिक्रिया दिनुहोस