सरकारलाई पूर्णता दिन देउवा र प्रचण्डबीच छलफल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारलाई पूर्णता दिन देउवा र प्रचण्डबीच छलफल


१२ भाद्र २०७८, शनिबार


काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आज (शनिबार) भेटवार्ता भएको छ ।

शनिबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना भएपछि सत्ता गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा जुटेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस