इस्लामिक स्टेटका योजनाकार मारिए « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

इस्लामिक स्टेटका योजनाकार मारिए


१२ भाद्र २०७८, शनिबार


काठमाडौँ । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको दाबी गरेको छ ।

पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ । मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ ।

बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो । विमानस्थलमा भएको बम आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाका दोषीलाई खोजेर बदला लिने चेतावनी दिएका थिए ।

यता, काबुलस्थित अमेरिकी दूतावासले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अझै सुरक्षा खतरा रहेको बताउँदै आफ्ना नागरिकहरूलाई सुरक्षित रहन आग्रह गरेको छ ।

त्यस्तै, पेन्टागनले पनि विमानस्थलको खतरा अझै टरि नसकेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस