२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखसँग शान्ति समाजको छलफल

अ+ अ-

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले सभामुख अग्निप्रसाद सापकोटालाई मानवअधिकार, शान्ति एवम् समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।

संसद् सचिवालय सिंहदरबारमा हिजो (शुक्रबार) भएको छलफलमा नेपाल राज्य पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएको हो ।

बारुदी सुरुङको प्रयोग, भण्डारण तथा ओसारपसारमाथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धिलगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धि शीघ्र अनुमोदन हुनुपर्नेमा जोड दिइएको छ ।

यस्तै, समाजले आजै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासँग पनि छलफल गरेको छ । राष्ट्रियसभा सचिवालय सिंहदरबारमा भएको छलफलमा हिमालय बचाउ नदी जोगाउ अभियान सर्वत्र उच्च प्राथमिकता हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

चाल्नी जस्तो भएर चुरेले तराईलाई संरक्षण गरिरहेकोमा चुरेको अत्याधिक दोहन र वन विनासका कारण तराईको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमिकरणको खतरा बढेकोतर्फ समेत ध्यानाकर्षण गराइएको थियो ।

यसै गरी समाजले यही भदौ ९ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग समस्त नागरिकको ऊर्जाको अधिकार सुनिश्चित हुने गरी ठोस राष्ट्रिय कार्य योजना निर्माण गर्न आग्रह गर्दै छलफल गरेको थियो ।

छलफलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाइँं र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव बन्दना सिंह, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा, किरण ढकाल, उमा गौतम संलग्न रहेका समाजले जानकारी दिएको छ ।