सभामुखसँग शान्ति समाजको छलफल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सभामुखसँग शान्ति समाजको छलफल


१२ भाद्र २०७८, शनिबार


काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले सभामुख अग्निप्रसाद सापकोटालाई मानवअधिकार, शान्ति एवम् समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।

संसद् सचिवालय सिंहदरबारमा हिजो (शुक्रबार) भएको छलफलमा नेपाल राज्य पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएको हो ।

बारुदी सुरुङको प्रयोग, भण्डारण तथा ओसारपसारमाथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धिलगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धि शीघ्र अनुमोदन हुनुपर्नेमा जोड दिइएको छ ।

यस्तै, समाजले आजै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनासँग पनि छलफल गरेको छ । राष्ट्रियसभा सचिवालय सिंहदरबारमा भएको छलफलमा हिमालय बचाउ नदी जोगाउ अभियान सर्वत्र उच्च प्राथमिकता हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

चाल्नी जस्तो भएर चुरेले तराईलाई संरक्षण गरिरहेकोमा चुरेको अत्याधिक दोहन र वन विनासका कारण तराईको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमिकरणको खतरा बढेकोतर्फ समेत ध्यानाकर्षण गराइएको थियो ।

यसै गरी समाजले यही भदौ ९ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग समस्त नागरिकको ऊर्जाको अधिकार सुनिश्चित हुने गरी ठोस राष्ट्रिय कार्य योजना निर्माण गर्न आग्रह गर्दै छलफल गरेको थियो ।

छलफलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाइँं र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव बन्दना सिंह, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा, किरण ढकाल, उमा गौतम संलग्न रहेका समाजले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस