तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन


११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिबाट अप्ठेरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न सरोकारवाला निकायका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयमा आज भएको बैठकमा मन्त्री खाँणले वर्षा भोलिसम्म पर्ने सम्भावना रहेको भन्दै क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्व तयारी गर्न निर्देशन दिए ।

‘अहिलेसम्म विपत्तिमा परेकाहरूको उद्धार, राहत र आवश्यक परेको स्थानमा बस्ती स्थानान्तरण गर्न देखाएको क्रियाशीलता सराहनीय छ’, मन्त्री खाँणले भने, ‘वर्षा अझै हुने र क्षति पुर्‍याउने सम्भावना भएका स्थानमा कसरी रोक्न सकिन्छ, पूर्व तयारी गर्नुहोला, सबैको समन्वयमा काम भइरहेकै छ, अझै पनि समन्वयमै काम हुन आवश्यक छ ।’

कतिपय स्थानमा पुल बगेर सडक र राजमार्ग नै अवरुद्ध भएका र बढी वर्षात भएका कारण गाउँ र बस्ती नै डुबानमा परेकाले ती अवस्थाबाट सहजता ल्याउन के गर्नु पर्ने हो समन्वय गर्न मन्त्री खाँणले निर्देशन दिए । सडक अवरुद्ध भएका स्थानमा डाइभर्सन, बेलिबृज निर्माण र जनशक्ति खटाएर उद्धार गर्ने काममा तदारुकता देखाउन पनि उनले आग्रह गरे ।

‘प्राकृत्तिक विपत्तिबाट नागरिकको जीवन रक्षा गर्ने सवालमा उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्नुपर्छ,’ गृहमन्त्री खाँणले भने, ‘अहिलेसम्म काम गराइको गतिशीलता राम्रो छ, अझै उत्कृष्ट बनाउनु पर्छ ।’

गृह सचिव टेकनारायण पाण्डेले भोलि बिहानसम्म निरन्तर वर्षा हुने सम्भावना रहेकाले समन्वयमा काम गर्न निर्देशन दिए । ‘विपद्मा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्मक तरिकाले काम गर्नुपर्छ,’ गृह सचिव पाण्डेले भने ।

बैठकमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका सहायक रथी रामनाथ ढुङ्गाना, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्ररमणि पोखरेल, जलस्रोत तथा सिँचाइ विभाग, खानी तथा भूगर्भ विभाग, सडक विभागबाट आ–आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानमा बर्सात्पछि भएको क्षतिबारे विवरण प्रस्तुत भएको थियो ।

बैठकमा मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले अहिलेसम्म बर्सात्पछि भएको प्राकृतिक विपत्तिबारेको तथ्याङ्क प्रस्तुत गरेका थिए । उनद्वारा बैठकमा प्रस्तुत तथ्याङ्कमा गत जेठ ३१ गतेदेखि अहिलेसम्म ८५ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डमा दुई पुल र केही डाइभर्सन भत्किएकाले सडक अवरुद्ध रहेको तथा विभिन्न स्थानमा बाढी र पहिरोले गराएको क्षतिबारे जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस