संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइबाट बाहिरिए प्रधानन्यायाधीश जबरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइबाट बाहिरिए प्रधानन्यायाधीश जबरा


११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । संवैधानिक परिषद‌बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका छन् ।

संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा अलग हुने भएका हुन् ।

अब मुद्दाको सुनुवाइ हुने दिन आफू अनुपस्थित हुने जानकारी दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । उनी विदा बस्दा बरिष्ठ न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश भई संवैधानिक इजलासको पेशी तोक्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस