‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’


११ भाद्र २०७८, शुक्रबार


भादगाउँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताएका छन् । उनले बिहीबार साँझ मध्यपुरथिमि नगरपालिका–४ को वडा भेलालाई सम्बोधन गर्दै लामो समय मिलेर बस्न सकिँदैन भन्ने जानकारी हुँदाहुँदै तत्कालीन समयमा पार्टी एकता गर्नुपरेको हो भने ।

उनले भने, ‘पार्टी एकता दीर्घकालीन सोचले भएको होइन । एमालेसँगको माओवादीको एकता अल्पकालीन सम्झौता मात्र थियो ।’ सरकारले ल्याएको अध्यादेश संविधान रक्षाका लागि भएको पूर्व सांसद पोखरेलले जिकिर गरे ।

माओवादी केन्द्रका नेता गुणकृष्ण श्रेष्ठका अध्यक्षतामा सम्पन्न नगरसभा बैठकमा पार्टीका भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अध्यक्ष डीपी ढकाल, नगर इन्चार्ज कृष्णलाल गोजा र नगर अध्यक्ष विजय श्रेष्ठले सङ्गठन निर्माणमा जोड दिए । सो अवसरमा प्रदीप श्रेष्ठका अध्यक्षतामा २१ सदस्यीय मध्यपुरथिमि–४ वडा कमिटी र सुशील श्रेष्ठका नेतृत्वमा वडाको २३ सदस्यीय वाइसीएल कमिटीसमेत निर्वाचित गरिएको नगर संयोजक विजयले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस