नलगाडबाट हतियारसहित तीन पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नलगाडबाट हतियारसहित तीन पक्राउ


११ भाद्र २०७८, शुक्रबार


पक्राउ

जाजारकोट । नलगाड नगरपालिकाबाट एक साताभित्र हतियारसहित तीन व्यक्ति पक्राउ परेका छन् । गए राति नलगाड–१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको तेतृत्वमा खटिएको प्रहरीले विकलाई पक्राउ गरेको प्रनाउ थापाले जानकारी दिए ।

पन्ध्र थान गोलीसमेत फेला पारेको प्रहरीको भनाइ छ । चार दिनअघि मात्र नलगाड–८ मैदे र कुसेनीबाट दुई जनालाई पनि हतियारसहित पक्राउ गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस