सरकारी स्रोतको दुरुपयोग गर्ने उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारी स्रोतको दुरुपयोग गर्ने उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार तत्कालीन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारी र कोषाध्यक्ष भीमबहादुर गुरुङविरुद्ध रु सात लाख ६६ हजार ७०० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

आयोगले उपभोक्ता समितिका सदस्य गणेशकुमार गुरुङविरुद्ध रु एक लाख १९ हहजार र चार्टर कन्स्ट्रक्सन मालेपाटन पोखराका प्रोपाइटर विनोद श्रेष्ठविरुद्ध रु दुई लाख ४८ हजार ४०० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

स्थानीय लालध्वज शहीद मार्ग स्तरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीले पैसा नै नपर्ने ग्राभेलसमेतको सामग्री प्रयोग गरेको तर बिल भरपाई मिलान गरेर भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस