सचिवका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीवार बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय राजकुमार श्रेष्ठ, रबीलाल पन्थ र रामेश्वर दंगालको नाम सिफारिस गरेको हो ।

श्रेष्ठ निर्वाचन आयोगमा कार्यरत छन् भने पन्थ लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र दंगाल अर्थ मन्त्रालयको राजश्व महाशाखा प्रमुख हुन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस मध्ये एकलाई सचिव बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस